प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताउनुभएको छ । शनिवार लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको बताउनु भयो । त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।