व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरीः गृहमन्त्री लेखक

बैशाख १२, २०८२ शुक्रबार
व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरीः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उहाँको जोड छ । उहाँले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताउनु भयो । उहाँले भूकम्प लगायतका सम्भावित प्रकोपहरुलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images