अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते

बैशाख २, २०८२ मंगलबार
अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते

यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हवाई आक्रमण अघि र पछि सानाभर लडाकु विमानहरूको गर्जन सुनिएको बताइएको छ । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी युद्धक विमानहरूले उत्तरी प्रान्त मारिब र अल–जौफमा दुई थप आक्रमण गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images