पूर्वीगाजामा इजरायली आक्रमणमा २९ जनाको मृत्यु

चैत्र २८, २०८१ बिहीबार
पूर्वीगाजामा इजरायली आक्रमणमा २९ जनाको मृत्यु

बुधवार गाजा शहरको पूर्वमा रहेको शुजैया छिमेकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तिमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य ५० भन्दा बढी घाइते भएका छन् । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका जीवित र शवहरूको खोजी गरिरहेको बताउनु भयो । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले आक्रमणले छेउछाउका आठ घरहरूलाई लक्षित गरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images