प्रधानमन्त्री ओली स्वदेश फिर्ता

चैत्र २३, २०८१ शनिबार
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ । शनिवार थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री ओली चैत्र १९ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्नुभएको थियो । शुक्रवार बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै आज स्वदेश फर्किनुभएको हो । थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग भेटवार्ता गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images